नियम ४
सरकारी वकीलको कार्यालय र प्रादेशिक अधिकार क्षेत्र
(१) महान्यायाधिवक्ताको कार्यालय काठमाण्डौमा रहनेछ ।
(१क) महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकील कार्यालयको कामलाई सुव्यवस्थित रुपले सञ्चालन गर्नको लागि महान्यायाधिवक्ताको कार्यालयमा महान्यायाधिक्ताले तोकेको संख्यामा विभागहरु रहेछन् ।
तर त्यस्तो विभागको संख्या चार भन्दा कम हुने छैन ।
(१ख) विभागको प्रमुखको रुपमा कार्य गर्न प्रत्येक विभागमा महान्यायाधिवक्ताले तोके बमोजिम एक एक जना विभागको प्रमुख रहेछन् ।
(१ग) यस नियमावलीमा अन्यथा उल्लेख भएकोमा बाहेक विभागको प्रमुखको कार्य विभाजन महान्यायाधिवक्ताले तोके बमोजिम हुनेछ ।
(१घ) उपनियम (१ग) बमोजिम कार्य विभाजन गर्दा महान्याधिवक्ताले प्रत्येक विभाग अन्र्तगत कुन कुन सरकारी वकील कार्यलय रहने हो सो समेत तोक्नु पर्नेछ ।
(१ङ) विभाग अन्तर्गत विभिन्न महाशाखा र शाखाहरु रहनेछन् ।
(२) प्रत्येक पुनरावेदन अदालतको मुकाम रहेको स्थानमा पुनरावेदन सरकारी वकील कार्यालय रहनेछ ।
(३) पुनरावेदन अदालतको प्रादेशिक अधिकार क्षेत्रभित्रका जिल्लाहरुमा स्थापना भएका जिल्ला सरकारी वकील कार्यालयहरु उपनियम (२) बमोजिम स्थापना भएका पुनरावेदन सरकारी वकील कार्यालयको प्रादेशिक अधिकार क्षेत्रभित्र रहनेछन् ।
(४) प्रत्येक जिल्ला अदालतको मुकाम रहेको स्थानमा जिल्ला सरकारी वकील कार्यालय रहनेछ
(५) सरकारी वकील कार्यालयमा आवश्यक सङ्ख्यामा कर्मचारीहरु रहनेछन् ।